January 5th, 2020

बीमा सूचना केन्द्रको स्थापना हुँदै

बैंकिङ खबर । बीमा समितिले बीमा सूचना केन्द्र स्थापनाको काम अघि बढाएको छ । केन्द्र स्थापनाका लागि समितिले कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गठन गरेको छ । समितिले जीवन बीमा संघ र निर्जिवन बीमा संघसँग छलफल गरिरहेको बताइएको छ ।

बीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न तथा बीमामा आउने कालोधनमा बन्देज लगाउनका लागि बीमा सूचना केन्द्रको स्थापना गर्न लागिएको हो । केन्द्रले बिमितको आयस्रोत देखि लिएर कतिवटा कम्पनीमा बीमा गरेको छ भन्ने कुराको जानकारी राख्नेछ ।

छलफल एवम् अध्ययनको क्रममा रहेको केन्द्र स्थापना गर्न लाग्ने लागत तय भइसकेको छैन । सबै बीमा कम्पनीहरुलाई केन्द्रमा आवद्ध गराउने समितिको योजना छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]