नेपाल लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्डमा कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ)का लागि आह्वान पत्र बुझाएको छ । कम्पनीले निर्धारण गरेको प्रिमियम मूल्य निर्धारण प्रक्रिया हेरेपछि धितोपत्रको दोस्रो बजारको कारोबार खुलाउने बोर्डले जनाएको छ । कम्पनीले तोकेको २९ सय ५१ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य पुष्टि नभए पनि कारोबार खुलाउने योजना बोर्डको छ । साथै, कम्पनीलाई पुनः मूल्य निर्धारण गर्न लगाउने बोर्डले जनाएको छ ।
कम्पनीले सञ्चालक समितिको निर्णयपछि प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा ३० लाख ९६ हजार ४२९ कित्ता सेयरको नयाँ निष्कासन गर्ने सूचना सार्वजनिक गरेको थियो । कम्पनीले फर्दर पब्लिक अफरिङका लागि तोकेको सेयर मूल्य सार्वजानिक गर्नु सही नभएको भन्दै बोर्डको निर्देशनमा गत जेठ अन्तिमममा सेयर कारोबार रोकेर अनुसन्धान थालिएको थियो । अनुसन्धानमा केही कैफियत नभेटिएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।