
सरल भाषामा ब्याख्या गर्दा मानिसको जीवनयापन वा कुनै उद्यमीको लागि आवश्यक पर्ने वित्तीय स्रोतहरु जोड्ने कार्य नै वित्तीय साक्षरता हो । बैंकिङ क्षेत्र दुई किसिमले चलिरहेका हुन्छन् । एउटा डेभलपमेन्ट कन्ट्रीको बैंकिङ चल्ने सिस्टम हो । उक्त सिस्टममा केही फरक भएतापनि केही कामहरु एउटै हुन्छन् । बैंक भनेको पैसा खरिद गर्ने र पैसालाई नै बिक्री गर्ने हो । अथवा, मानिससँग भएको पूँजी सुरक्षित राख्ने कार्य बैंकको हो ।
दोस्रो, बैंकले आफूसँग भएको बचतको व्याज दिन्छ । बैंकले मानिसलाई आवश्यक परेको बेलामा कर्जा दिन्छ । पैसा हुनेलाई भन्दा पैसा नहुने व्यक्तिहरुलाई बैंकको धेरै आश्यकता पर्दंछ । पैसा हुने व्यक्तिले विभिन्न ठाउँहरुमा बचत गर्नुका साथै धन सम्पत्तिहरु जोडेका हुन्छन् । पैसा बनाउनलाई पैसा नै चाहिन्छ । त्यसैले पैसा नहुने मानिसहरुले बैंकको बारेमा सबैकुरा चासो राख्न र जान्न जरुरी छ । जस्तै, कुनै पनि व्यक्ति अमेरिका, युरोपमा गयो भने उसको पकेटमा १०० डलर पनि हुँदैन । नेपालमा आफुसँग १० देखि १५ हजार लिएर गयो भने जोखिम हुन्छ भनेर ३,४ हजार लिएर हिडिन्छ । विकसित मुलुकमा पैसा नहुने मानिसहले पनि बैंकिङ कारोबार गरेका हुन्छन् । व्यक्ति व्यक्तिसँग भएको लाख लाख जम्मा गरेर बैंकमा अरबौँ जम्मा हुन्छ । बैंकमा पैसा भएपछि, सरकारले ठूला ठूला परियोजना गर्न सक्छ भने मानिसहरुले पनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर उद्यमी समेत बन्न सक्नेछन् । पैसा छैन भन्ने व्यक्तिहरु बैंकमा कर्जाको लागि जान्छन् र आफुसँग धितो राख्नका लागि केही नभएको तर घर, जग्गा अथवा कम्पनी बनाउँदै गरेको जानकारी दिन्छन् । यस्तो अवस्थामा उनीहरु आफै धितो बसेर कर्जा माग गर्छन् र पाउँछन् पनि ।
वित्तीय स्रोत नभई कहिले पनि विकास हुँदैन । सामाजिक र आर्थिक विकासका साथसाथै सांस्कृतिक धरोहरलाई जोगाइराख्न पनि बैंकको आवश्यकता पर्छ । यस्तो अवस्थामा बैंकहरुले पनि ग्राहकहरुसँग फ्रेन्ड्ली हुनु आवश्यक छ । जनताको चाहना अनुसार जनतामैत्री बैंक बनाउनुपर्छ । आफ्नो बैंकलाई सबल बनाउने क्षेत्रमा लगानी गर्नुपर्छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंकहरु चल्यो भने बैंकलाई मात्र होइन समग्र मुलुकलाई नै फाइदा पुग्न जान्छ ।
मानिसहरुले कर्जाको लागि बैंकमा जानुपर्ने हुन्छ । कर्जा लिन बैंकमा जाँदा उक्त बैंकले कस्ता कार्यका लागि कर्जा दिन्छ भन्ने विषयको जानकारी हुनुपर्छ । आफूले लिन लागेको कर्जाको विषयमा पनि ज्ञान र अनुभव हुनुपर्छ । त्यस्तै, आफूले कर्जा लिएर सुरु गर्न लागेको व्यवसाय अथवा उद्यमको बजार छ कि छैन भन्ने विषय पनि खुलाउनुपर्छ । यी तीनवटै कुराहरु भएको परियोजनामा बैंकले अवश्य नै प्रपोजल स्वीकार गर्छ । जस्तै, कृषि अन्तर्गत गाईपालनका लागि कर्जा माग आएको छ भने बैंकले कर्जा माग गर्ने व्यक्तिसँग गाईपालन सम्बन्धी ज्ञान, सीप र अनुभव छ कि छैन भन्ने विषयमा अध्ययन गर्छ । त्यस्तै, व्यवसाय विस्तारको योजना, धैर्यता, दुधको बजार लगायतका विषयमा अध्ययन गरेर बैंकले कर्जा दिन्छ । यी सबै कुरा मिलाएर बैंकमा प्रपोलन लैजानुभयो भने उद्यमी बन्न सकिन्छ ।
नेपालमा वित्तीय स्थायित्व कायम गर्नमा पोलिसी फर्मुलेसन र स्ट्राटिजी फर्मुलेसन विधाले काम गर्छ । पोलिसीहरु स्थायी खालका हुन्छन् । स्ट्राटिजीहरु बेलाबेलामा परिवर्तन भईरहन्छन् । जस्तै, रकेटले माथि हानेर फाइटरलाई तल खसाल्नु छ भने त्यो पोलिसी हुन्छ । यदि, खसालेन भने देश ध्वस्त हुन सक्छ । त्यसैले, फाइटरलाई तल कसरी खसाल्ने भनेर स्ट्राटिजी बनाउनुपर्छ । नेपालमा वित्तीय स्थायित्व कायम गर्ने हो भने पनि त्यही अनुसारको पोलिसी बनाउनु आवश्यक छ ।
बैंकहरुका संख्या धेरै भए मर्जरबाट बैंकको संख्या घटाउनु एउटा पोलिसी हो । यसका लागि राष्ट्र बैंकले स्ट्राटीजी बनाउँछ, जुन समय समयमा परिवर्तन हुन्छ । कुनै पनि कार्य किन र केका लागि गर्ने भन्ने स्पष्ट हुनुपर्छ । त्यसैगरी, मर्जर किन भयो, एक्विजिसन किन भएन भन्ने विषयमा स्पष्ट हुनु जरुरी छ ।