बैंकिङ खबर । लघुवित्त अभियन्ता भगवति चौधरीलाई बनेपामा अभिनन्दन गरिएको छ । नेपालको लघुवित्त क्षेत्रमा महिलाको नेतृत्व गर्नुका साथै हजारौं महिलाहरुलाई उद्यमशीलताको बाटो देखाउने काम गर्नुभएकी चौधरीलाई वित्तीय जागरण राष्ट्रिय अभियानबाट अभिनन्दन गरिएको हो । काभ्रेको बनेपामा आयोजित ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ अन्तरगत लघुवित्त विशेष कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । बनेपा नगरपालीकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ, नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील ज्ञवाली, लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादव, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले संयूक्त रुपमा उहाँलाई अभिनन्दन गर्नुभयो । फरवार्ड कम्यूनिटी माइक्रो फाइनान्सका अध्यक्ष चौधरीले पूर्वी नेपालमा दशौंहजार महिलालाई उद्यमी बनाउनुभएको छ । नेपालको गरिवी निवारणमा माइत्रफो फाइनान्सको भूमिका महत्वपूर्ण मान्निछ । काभ्रे जिल्ला लघुवित्तको हबका रुपमा स्थापीत छ ।
