December 25th, 2019

प्रभु लाइफ इन्स्योरेन्सको एकैसाथ तीन शाखाको उद्घाटन

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरुःसुर्खेत शाखा, टिकापुरउप–शाखा तथा अत्तरियाउप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ। सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेबाट भएको थियो ।

अध्यक्ष डा. आत्मा राम घिमिरेले प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका बिभिन्न स्थानहरुमा
भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गर्नुभयो । समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुखब् यवसाय अधिकृतको सहभागिता रहेको थियो ।

समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गर्नुभयो । आगामी दिनहरुमा कम्पनीले आवश्यकता अनुरुप देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि रु. ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]