Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुक्तिनाथ बैंकको अध्यक्षमा भरतराज ढकाल नियुक्त

२०७६ मंसिर ३० गते

बैंकिङ खबर । देशको राम्रो विकास बैंकहरुको सूचीमा पर्न सफल मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल सर्वसम्मत चयन भएका छन् । ढकालकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको स्थापनामा भएको थियो ।

सोही बैंकमा लामो समय काम गरेका सीइओ भरतराज ढकाललाई बैंकको सोमबार पोखरामा भएको १३ वार्षिक साधारण सभाले संचालकको रुपमा चयन गरेको छ ।ढकालको कार्यकाल ४ वर्षको रहनेछ ।

हाल सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ,  निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको हो ।

Ad