विदेशी कम्पनीमा बीमा नगर्न समितिको आह्वान, नेपाल-भारत सीमानामा होडिङ बोर्ड

बैंकिङ खबर । नेपालको सीमा क्षेत्रका मानिसहरु पैसाको कारोबार गर्न, स्थास्थ्य सेवा लिन, लेखपढ गर्न भारत जाने गरेको तीतो यथार्थ हामीमाझ छ । यति मात्र नभएर सीमा क्षेत्रका नेपालीहरु बैंक तथा बीमा पनि भारतकै प्रयोग गर्ने गर्दछन् । राजधानीभन्दा उनीहरुलाई भारतकै सेवा सहज र सुलभ लाग्छ । त्यसमाथि, खुला सीमानाका कारण भारतका कम्पनीहरु पनि सजिलै नेपाल छिरेर विज्ञापन गरी ग्राहक तानिरहेका हुन्छन् । यसले गर्दा नेपाललाई ठूलो नोक्सान भइरहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईँको उपस्थितिमा रुपन्देहीको बेलहिया नाकामा बोर्ड राखिएको हो । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं, राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउँ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ। बोर्डमार्फत विदेशी बीमा कम्पनीमा बीमा गर्नु गैरकानुनी भएको र कारबाही समेत हुन सक्ने भन्दै नेपालकै बीमा कम्पनी एवम् अभिकर्तामार्फत बीमा गराउन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.