आइएमई जनरल इन्स्योरेन्सले छ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । आइएई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र त्यसको कर तिर्नको लागि नगद समेत दिने प्रस्ताव अघि सारेको हो ।

हाल कम्पनीको पुँजी एक अर्ब दुई करोड रूपैयाँ छ । कम्पनीले छ करोड १२ लाख ३६ हजार रुपैयाँ बोनस शेयर र त्यसको कर प्रयोजनको लागि ३२ लाख २२ हजार नौ सय ४७ रुपैयाँ ३७ पैसा नगद दिनेछ । जसपश्चात् चुक्ता पुँजी एक अर्ब आठ करोड रूपैयाँ कायम हुनेछ।

उक्त बोनस शेयर आगामी हुने २२ औं वार्षिक साधारणसभाले पारित गर्नेछ । राष्ट्र बैंकले पनि स्वीकृत गरेपछि लगानीकर्ताको लाभांश पाउनेछन् ।