बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेका चार आरोपमध्ये तीनको पुष्टी भएको छ । श्रेष्ठ प्रकरणमा छानविन गर्न बनेको समितिले मंगलबार बेलुका प्रतिवेदनमा तीन आरोपको पुष्टी गर्दै श्रेष्ठलाई दोषी ठहर गरिएको हो ।
छानविनमा सम्पति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको बाहेकका सबै आरोपको पुष्टी भएको बताइएको छ । छानबिन समितिको प्रतिबेदनमा ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन सघाएको, तत्कालीन एपेक्स डेभलपमेन्ट (एनसीसीमा मर्जर) बैंक कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको,लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तानी लिएको आरोप पुष्टि भएको छ ।