December 9th, 2019

विदेशी मुलुकमा बैंकको शाखा विस्तार गर्ने चन्द्र ढकालको योजना

बैंकिङ खबर । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशका विभिन्न मुलुकहरुमा ग्लोवल आइएमई बैंकको शाखा विस्तार गर्ने योजना अघि सारेका छन् । अस्ट्रेलिया पुगेका उनले सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै अस्ट्रेलिया लगायतका देशमा बैंकको शाखा विस्तारको योजना सुनाए । उनले त्यहाँ भएका नेपाली लगानीकर्तालाई ग्लोवल आइएमई बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत , मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको ग्लोवल आइएमई बैंकले अस्ट्रेलियामा शाखा खोल्ने तयारि सुरु गरेको बताए । आफ्नो समुह ले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]