Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साइबर सुरक्षा र कर्मचारी दक्षता बढाउन गभर्नर डा. नेपालको निर्देशन

२०७६ मंसिर १९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले बैंकिङ क्षेत्रमा कम्जोर कर्मचारी रहेको औल्याउँदै कर्मचारी शशक्तिकरणमा लाग्न बैंंकहरुलाई निर्देशन दिएका छन् । उनले सक्षम कर्मचारी राख्न र उनीहरुलाई प्रविधिमा दक्षता बढाउन आग्रह गरे । नेपालको बैंकिङ चुनौती साइबर सुरक्षा र कम्जोर कर्मचारी भएको उनको भनाई छ । नेपाल बैंकर्स संघको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले साइबर सुरक्षामा जोड दिन र कर्मचारी दक्षता बढाउन बैंकहरुलाई निर्देशन दिए । उनले बैंकिङ क्षेत्रमा सम्पत्ति सुद्धिकरण निवारण अनिवार्य हुने पनि जानकारी गराए ।

Ad