December 3rd, 2019

२० हजारभन्दा बढीले लिए सहुलियत कर्जा

बैंकिङ खबर । ग्रामीण अर्थतन्त्रको विकास गर्ने, उद्यमशीलता बढाउने एवम् बेरोजगारी हटाउने उद्देश्यले सुरु गरिएको सहुलियत कर्जा प्रभावकारी हुन सकेको छैन । चालुृ आर्थिक वर्षको असोज मसान्त सम्ममा ब्याज अनुदानको सहुलियपुर्ण कर्जाको लागि सरकारले १ अर्ब ६२ करोड ८२ लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको असोज मसान्त सम्मको तथ्यांक अनुसार असोज मसान्तसम्म २० हजार ६ सय ५९ जनाले उक्त ब्याज अनुदान प्राप्त गरेका छन । जस अनुसार ४४ अर्ब ५६ करोड ७८ लाख ८४ हजार कर्जा लगानी गरिसकेको र ३९ अर्ब ३० करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा लगानीमा नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले २०७५ मा सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो । हालसम्म सबै भन्दा धेरै कृषि तथा पशुपछी कर्जा तर्फ १८ हजार ८ सय ५ जनालाई ४३ अर्ब ३६ करोड ४८ लाख प्रवाह भएको छ । त्यस्तै शिक्षित युवा स्वरोजगार कर्जा ३५ जनालाई २ करोड १७ लाख ५० हजार रुपैया प्रवाह भएको छ । विदेशबाट फर्किएका युवा परियोजना कर्जा ८० जनालाई ६ करोड १४ लाख २० हजार, महिला उद्यमशिल कर्जा १ हजार ३ सय ९५ जनालाई १ अर्ब ११ लाख १५ हजार,र दलित समुदाय ब्यवसाय विकास कर्जा १ सय ४ जनालाई ६ करोड १३ लाख ७० हजार प्रवाह भएको राष्ट्र भएको तथ्यांक छ । उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ६५ जनालाई १ करोड ९९ लाख ९४ हजार र भुकम्प पिडितहरुको नीजी आवास निमार्ण कर्जा १ सय ७५ जनालाई ३ करोड ७३ लाख ८७ हजार प्रवाह भएको छ ।

प्रवाह भएको कुल सहुलियत कर्जा मध्ये वाणिज्य बैंकहरुले १९ हजार ८ सय ९७ जनालाई ४१ अर्ब ८० करोड ६५ लाख, विकास बैंकहरुले ६ सय ९८ जनालाई २ अर्ब ५९ करोड २५ लाख र फाइनान्स कम्पनीहरुले ६४ जनालाई १६ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]