December 2nd, 2019

एनएमबी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम रुकुमको मुसिकोटमा सम्पन्न भएको छ । सो कार्यक्रममा संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद सुबेदीले संस्थाका सेवा सुविधाको बारेमा, कर्जा शिक्षाको बारेमा, वित्तीय साक्षरताका बारेमा आफ्नो भनाई राख्दै वित्तीय साक्षरता कार्र्यक्रम उद्यमशिलता प्रति आकर्षण बढाई सम्बृद्धिको अभियानमा कोशेढुगा सावित हुँने बताउनु भयो । साथै उहाँले वित्तीय रुपमा साक्षर ब्यक्तिले कहिले पनि आर्थिक रुपमा पछाडी फर्केर हेर्नु नपर्ने बताउनु भयो । उक्त शाखाकी शाखा प्रबन्धक लक्ष्मी रावतले शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो । कर्मचारी पद्मा डाँगाको स्वागत मन्तब्यबाट सुरु भएको वित्तीय साक्षरता कार्यक्रममो सहजीकरण कर्मचारी दिनेश परियारले गर्नु भएको थियो । साथै एनएमबी लघुवित्तबाट कर्जा लिएर सफल हुनु भएका सफल सदस्यहरुले सफलताको कथा प्रस्तुत गर्नु भएको थियो । आर्थिक बर्ष २०७५/०७६ मा उत्कृष्ट कार्य सम्पादन गरेका ४ वटा केन्द्रलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रमले उद्यमशिलता विकाश र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्याबसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]