Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब कपडा उद्योग र व्यवसायिक तालिमलाई पनि सहुलियत कर्जा

२०७६ मंसिर ८ गते

बैंकिङ खबर । व्याज अनुदानमा ऋण पाउने क्षेत्रहरुमा सरकारले नयाँ दुई क्षेत्र थप गरेको छ । अब कपडा उद्योग र प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि सहुलियत व्याजदरमा ऋण दिइने भएको हो ।

यसअघि सरकारले ब्यवसायिक कृषि, शिक्षित युवा वेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि अनादनको ऋण उपलब्ध गराउँदै आएको थियो । अब पाँच करोडसम्मको कपडा उद्योगले पनि सहुलियत व्याजमा कर्जा पाउनेछन् । त्यस्तै, प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि दुई लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने भएको छ ।

बैंकहरुले यस्तो ऋण आधार दरमा २ प्रतिशत प्रिमियम लिएर मात्र दिन पाउँछन् । मानौ कसैको आधार दर १० प्रतिशत छ भने उसले १२ प्रतिशतसम्म मात्र ब्याज लिन पाउँछ । जसमध्ये, सरकारले ५ प्रतिशत तिरिदिने छ । यसो हुँदा ऋणले ७ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ।

Ad