November 20th, 2019

दक्षिण एशियाको आर्थिक वृद्धिदर घट्ने, नेपालको आर्थिक वृद्धिदर ७% पुग्ने अनुमान

बैंकिङ खबर । विश्व बैंकले चालू आर्थिक वर्षमा दक्षिण एशियाको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंकद्धारा मंगलबार सार्वजनिक प्रतिवेदनमा दक्षिण एशियाको आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने उल्लेख गरिएको छ । दक्षिण एशियामा उत्पादन घटेका कारण आर्थिक् वृद्धिदर घट्न सक्ने बैंकले स्पष्ट पारेको छ ।

बैंकको अध्ययन प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर भने ७.१ प्रतिशत पुग्ने अनुमान गरेको छ । आर्थिक वृद्धिदरलाई कायम राख्न उद्योग स्थापना गर्ने, कर असुली गर्ने जस्ता जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने विश्व बैंकको तर्क छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]