Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बुधबार लघुवित्तसम्बन्धी अन्तरराष्ट्रिय स्तरको सम्मेलन हुँदै

२०७६ मंसिर २ गते

बैंकिङ खबर । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिएफआईएन)ले “MFIs Board of Directors & Management Consortium 2019” सम्बन्धी अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्ने भएको छ । काठमाडौँको बुढानिलकण्ठमा मंसिर ४ गते बुधबार आयोजना हुने सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रको सुख, शान्ति र समृद्धि निर्माणमा आर्थिक सामाजिक रुपान्तरणका लागि गाउँसहरका अति विपन्नलाई पुँजी, सीप र बजार पहुँचको माध्यमबाट उनीहरूको आयस्तर बढाउन लघुवित्त संस्थाहरुको ठुलो योगदान रहेको छ । नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल गर्न र बंगलादेशका लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट बाणिज्य बैंकका रुपमा परिणत भएको बन्धन बैंकको अनुभवबाट नेपालका लघुवित्त वित्तीय संस्थाहरुले के कस्तो बिषयहरुमा कार्यान्वयन ल्याउन सकिन्छ भन्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बिएफआईएनका कार्यकारी निर्देशक विनोद आत्रेयले बताए ।

सम्मेलनमा ढाका युनिभर्सिटीका प्रोफेसर एवम् बंगलादेश बैंकका पूर्व गभर्नर Dr. Atiur Rahman ले “The Changing Landscape of Microfinance: Learning Lessons from Bangladesh” बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्नेछन् । उक्त सेसनको अध्यक्षता भारतको बन्धन बैंकका Founder/ CEO/ Managing Director चन्द्र शेखर घोषले गर्नेछन् ।

घोषले दोस्रो सेसनमा Bandhan Bank-The Bank for All, Big or Small बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्नेछन् । उक्त सेसनको अध्यक्षता सम्मेलनमा ढाका युनिभर्सिटीका प्रोफेसर एवम् बंगलादेश बैंकका पूर्व गभर्नर डा. रहमानले गर्नेछन् ।

तेस्रो सेसनमा प्रथम वक्त्ताका रुपमा लघुवित्त वित्तीय संस्था प्रवद्र्धन तथा नियमन विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले The Future of Microfinance in Nepal बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्नेछन् । अर्का वक्ता नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष बसन्त लम्सालले Operational issues of Microfinance in Nepal बिषयमा आफ्ना धारणा प्रस्तुत गर्नेछन् । उक्त सेसनको अध्यक्षता बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले गर्नेछन् ।

त्यस्तै, चौथो सेसनमा Microfinance: Present & Future Challenges विषयक प्यानल अन्तरक्रिया कार्यक्रम रहेको छ । साथै, डा. रहमान, घोषसहित लघुवित्तसम्बन्धी विज्ञ भरतसिंह थापा, नेपाल राष्ट्र बैंकका निर्देशक रेवती प्रसाद नेपाल, Promixco Group President, Association of Grassroots Women Entrepreneurs Bangladesh (AGWEB) की प्रबन्ध निर्देशक मौसमी इस्लाम र बिएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेय लगायतका बक्ताहरुले पनि आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्याकारी प्रमुख प्रकाश राज शर्मा मध्यस्थकर्ताको भूमिकामा रहनेछन् ।

यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ । बिएफआईएन र माइक्रोफाइनान्स एसोसिएसन्स अफ नेपालले आयोजना गर्न लागेको सम्मेलनमा १५० जनाको सहभागीता रहने अपेक्षा गरिएको छ ।

Ad