November 17th, 2019

बैंकको प्रयोग गर्न नजान्दा गरिब भए नेपाली : गभर्नर डा. नेपाल

बैंकिङ खबर । नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जवि नेपालले बैंकको उपयोग गर्न नजानेर नेपालीहरु विदेशीनु परेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै उनले सबै स्थानीय तहमा बैंक पुग्न लागिसक्दा पनि त्यसको उपयाृग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जाने गरेको बताए ।

सरकारले उद्यम गर्न चाहनेहरुका लागि अवसर नै अवसर दिएका गभर्नर डा. नेपालले बताए । अवसर र पैसाको उपयोग गर्न नजान्दा नेपालीहरु गरीब भएको उनको तर्क छ । देशमा भएको अवसर प्रयोग गर्नुको सट्टा नेपालीहरु विदेशी देश बनाउन दुःख गरिरहेको उनले बताए । नाकाबन्दीले कतार आत्मनिर्भर भएको र मरूभुमिको देश समेत दूध निर्यात गर्ने अवस्थामा पुगेको तर सजिलै उत्पादन हुने नेपालका युवा अरूको देश बनाउन जानु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

एक्स्पो सोमबारसम्म संचालन हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]