November 17th, 2019

विजय लघुवित्त र स्वेडा लघुवित्तको मर्जर भाँडीयो

बैंकिङ खबर । स्वाप रेसियोमा कुरा नमिलेपछि विजय लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थाबीचको मर्जर टुटेको छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिंगको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्नको लागि गत असार २६ गते सम्झौता भएको थियो । प्रारम्भिक सहमति अनुसार १००:८९ अनुपातको स्वाप रेसियोमा एक्विजिसन हुने बताईएको थियो । डीडीए रिपोर्ट अनुसार स्वाप रेसियोमा १० प्रतिशतसम्म तल माथि हुन सक्ने पनि उल्लेख थियो ।

हाल विजय लघुवित्तको चुक्ता पुंजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । हालै संचालनमा आएको स्वेडाले भने आईपिओ निष्काशन गरिसकेको छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]