बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ३७ लाख ४३ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंक्ले गत आर्थिक वर्षको तुलनामा ९.४८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमसमा कृषि विकास बैंकले ५५ करोड १४ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २६ करोड १७ लाख ९५ हजार मात्रै रहेको छ ।
नौ अर्ब एक करोड ५५ लाख २९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ३७ करोड ६७ लाख ८७ हजार राखेको छ । बैंकको निक्षेप ३.१६ प्रतिशतले बढेर एक खर्ब २३ अर्ब ५४ करोड ६७ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी शुन्य दशमलव छ प्रतिशतले बढेर एक खर्ब ११ अर्ब ४६ करोड ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । प्रथम त्रैमासमा बैंकले एक अर्ब ६६ करोड ५१ लाख ९४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८.३४ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८१ करोड ६६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३३ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ एक सय ६३ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, मुल्य आम्दानी अनुपात १७.९६ गुणा, पुँजीकोष अनुपात २०.७७ प्रतिशत, खराब कर्जा शुन्य ३.७ प्रतिशत, आधार ब्याजदर १०.१८ प्रतिशत, कोषको लागत ७.३४ प्रतिशत, सिसिडी रेसियो ७१.४२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ५.२६ प्रतिशत रहेको छ ।