बैंकिङ खबर । जनता बैंक र ग्लोबल आईएमई बैंकले मर्जर प्रक्रिया तीव्र बनाएका छन् । मर्जर प्रस्ताव पारित गर्न दुवै बैंकले एकै दिन वार्षिक साधारणसभा गर्न लागेका छन् । मंसिर २ गते दुबै बैंकले छुट्टाछुट्टै साधारणसभा गरी मर्जर प्रस्ताव पारित गर्दैछन् ।
गत असार २० गते मर्जरमा जाने सम्झौता गरेका बैंकहरुले मंसिर मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छन् ।