Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई

२०७६ कार्तिक ७ गते

बैंकिङ खबर । नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड एक सातादेखि नेतृत्वविहीन छ । डा. रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको हो । गत असोज २९ गतेदेखि डा. कार्कीको चार वर्षे कार्यकाल पूरा भएको छ । अझै पनि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छैन ।

बोर्डको अध्यक्ष हुने दौडमा धेरै जना लागि परेका छन् । राष्ट्र बैंकबाट रिटायर्ड भएका बासुदेव अधिकारी, महाप्रसाद अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगाना, नेपाल स्टक एक्चेन्जका पूर्वअध्यक्ष टंक पनेरु, बोर्डमै रहेर लामो अनुभव हसिल गरेकाहरु परिष्टनाथ पौडेल, निरज गिरी, डा.नवराज अधिकारी लगायतको नाम अगाडी आएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति अर्थमन्त्रालयले गर्छ । बोर्डको अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले समिति गठन गर्ने कानुनी व्यवस्था छ । उक्त समितिले अध्यक्षका लागि उपयुक्त व्यक्तिको छनोट गरेपछि अर्थमन्त्रीले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजाने र मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष चयन गर्ने व्यवस्था छ । अध्यक्ष पद रिक्त भएको समयमा अर्थमन्त्री डा. युवराज खतिवडा विदेश भ्रमणमा थिए । जसकारण, बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई भएको छ । विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा भाग लिएर डा. खतिवडा बल्ल नेपाल फर्केका छन् ।

अब बोर्डको अध्यक्ष छनौटको प्रक्रिया अघि बढ्नेछ । यद्यपि, तिहारको विदा आउन लागेकाले तिहारपछि मात्रै बोर्डले अध्यक्ष पाउने सम्भावना छ ।