Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर अजय श्रेष्ठको मुद्धामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०७६ कार्तिक ५ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डूका पुर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ । प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशले यस मुद्दाको पहिलो सुनुवाई गर्दै उच्च अदालत पाटनमा रहेको मुद्दा सम्बन्धि सम्पूर्ण विवरण मगाउने आदेश दिएको हो ।

उच्च अदालत पाटनले श्रेष्ठलाई पुर्पक्षका थुनामा पठाएको छ । उच्च अदालत पाटनले दिएको आदेश चित्त नबुझेपछि उनी सर्वोच्च पुगेका थिए । अब उच्च अदालतको कैफियत प्रतिबेदन आएपछि यस मुद्दामा पुनः सुनुवाई हुने छ ।

सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट जग्गाको नक्कली धनीपूर्जा राखेर ऋणीले ५ करोड रुपैयाँ ऋण लिएको आरोपमा श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरिएको थियो । यस प्रकरणमा उच्च अदालतले पुर्व सीइओ श्रेष्ठ सहित तीन जनालाई थुनामा पठाउन आदेश दिएको थियो भने अन्य १३ जनालाई धरौटीमा रिहा गरिएको थियो । घटनामा संलग्न भनिएका ५ जना अझै फरार छन् ।

Ad