Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नक्कली नोट छाप्ने तीन जना पक्राउ

२०७६ कार्तिक ४ गते

बैंकिङ खबर । काठमाडौँको गोकर्णेश्वरमा नक्कली नोट छााप्ने कारखाना फेला परेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्तीबाट नक्कली नोट छाप्ने उपकरणसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका ७ घर भई गोकर्णेश्वर ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली छन् । उनीहरूको साथबाट एक हजारको ३४ थान नक्कली नोट बरामद भएका छन् । साथमा पैसा बनाउने ठूलो कागज १४२ थान, सानो १४९ थान पनि बरामद भएको छ । यसबाहेक, रंगीन मेसिन, सिपियु, मनिटर, हिटर, क्यामरा, कैंची, गम लगायतका सामान पनि बरामद भएको छ । उनीहरुले आफू बस्ने घरमा नै मेसिन राखेर नोट छाप्ने गरेको खुलेको छ ।

Ad