June 25th, 2016

आम्दानी बढाउँदै निर्जिवन बिमा कम्पनिहरु, कुनले कति कमाए ? (विवरणसहित)

insuranceचालू आर्थिक वर्ष ०७२/७३ को तेस्रो त्रैमास अवधिसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १० अर्ब ५ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । गत वर्षको तुलनामा कम्पनिहरुको बिमा शुल्क आम्दानी १८ प्रतिशतले बढेको हो । गत आव ०७१÷७२ को सोही अवधिमा कम्पनीहरूको यस्तो आम्दानी ८ अर्ब ४५ करोड थियो ।

कुन कम्पनिको आम्दानी कति ?
चैतसम्ममा सबैभन्दा धेरै बिमा शुल्कबाट आम्दानी शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले सो अवधिमा १ अर्ब २७ करोड रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले ८५ करोड ५३ लाख, हिमालयन जेनेरल इन्स्योरेन्सले ७९ करोड ४१ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ७७ करोड ९७ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले ६४ करोड ३० लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ६२ करोड १२ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६० करोड ५४ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनीले ५३ करोड ९७ लाख रुपैयाँ, एलायन्स इन्स्योरेन्स कम्पनीले ५२ करोड २९ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ५१ करोड ८४ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्स कम्पनीले ५१ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय बिमा संस्थानले ५१ करोड ५२ लाख रुपैयाँ, लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४७ करोड ७५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ३० करोड ९५ लाख रुपैयाँ, एनबी इन्स्योरेन्स कम्पनीले २० करोड ६३ लाख रुपैयाँ र एभरेस्ट इन्स्योरेन्स कम्पनीले १० करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेका छन् ।                           
 
बिमालेखको संख्या पनि बढ्यो
बिमा समितिको तथ्यांकअनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीहरूले जारी गर्ने बिमालेखको संख्या पनि १३ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा निर्जीवन बिमा कम्पनीले ९ लाख ४१ हजार ६३० बिमा लेख जारी गरिसकेका छन् । गत आवको सोही अवधिमा यो संख्या ८ लाख ३० हजार ५ सय ३६ थियो ।

दाबी भुक्तानी ३ गुणा ज्यादा
चालू आवमा निर्जीवन बिमा कम्पनीहरूको खुद दाबी भुक्तानी साढे तीन गुणाले बढेको छ । चैतसम्ममा कम्पनीले १० अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो रकम ३ अर्ब २० करोड थियो । सो अवधिसम्ममा कम्पनीहरूले ८ अर्ब ९५ करोड दाबी भुक्तानी गरेका छन् । गत आवको सोही अवधिमा भने यस्तो भुक्तानी रकम २ अर्ब ४५ करोड थियो ।