June 24th, 2016

बीमा समितिले ‘म्यादी जीवन बीमा शूल्क’ २० प्रतिशत घटायो

bima samitiबीमा समितिले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा शुल्क २० प्रतिशत घटाइएको छ । समितिका अनुसार आगामी साउन १ गतेदेखि त्यस्तो बीमा गरिदिने एजेण्टले पाउने कमिशन हटाइएकाले बीमा शुल्क घटाइएको हो । वैदेशिक रोजगारीमा जाने मानिस प्रायः कमजोर आर्थिक हैसियतकै हुने भएकाले उनीहरूले तिर्ने बीमा शुल्कमा एजेण्टको कमिशन जोड्नु जायज नहुने निष्कर्षसहित समितिले सो निर्णय गरेको हो । यस्तो शूल्क बीमा अवधि र बीमितको उमेरअनुसार फरकफरक तोकिएको छ । 

बीमांक भने यथावत
साउनदेखि बीमा शुल्क घटे पनि बीमितको मृत्यु भए तिनका हकवालाले पाउने बीमाङ्क भने यथावत् छ । समितिले यसअघि यही वैशाख १ गतेदेखि त्यस्तो बीमाको बीमाङ्क शतप्रतिशत वृद्धि गरी १० लाख रुपैयाँ पुर्याएको थियो । वैशाखअघि सो रकम ५ लाख रुपैयाँमात्र थियो । सो बेला बीमाङ्क रकम शतप्रतिशत वृद्धि भए पनि बीमा शुल्क भने ६५ प्रतिशतमात्रै बढेको थियो । 

नयाँ व्यवस्थाअनुसार बीमकले कामका लागि विदेश जाने श्रमिकले रोजगारदातासँग गरेको श्रम सम्झौताको अवधिभन्दा कम्तीमा ६ महीना बढी अवधिको लागि बीमालेख जारी गर्नुपर्ने छ । तर, सो अवधि १ वर्षभन्दा बढी हुन नहुने समितिको भनाइ छ ।