बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिका गएका छन् । उनी त्यहाँ विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार गएका हुन् । खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको बारे छलफलमा भाग लिने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कस्तरीय अर्थमन्त्रीहरु सम्मिलित बैठकमा पनि उनी सहभागि हुनेछन् ।