Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर चुक्ताको प्रमाणपत्र अब अनलाइनबाटै पाइने

२०७६ आश्विन २४ गते

बैंकिङ खबर । आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेको छ । पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने फर्म तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको छ । जसअनुसार, करदाताले अनलाइनमा नै आफ्नो विवरण पेश गर्ने र अनलाइन मार्फत नै कर चुक्ताको प्रमाणपत्र लिन सक्नेछन् ।

करचुक्ताको प्रमाणपत्र नभएमा त्यो कम्पनी तथा फर्मलाई नयाँ ऋण दिने लगायतका सुविधा नपाउने व्यवस्था छ । यस्तो प्रमाणपत्र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा पूर्ण लेखापरिक्षण गरेर लिनुपर्ने व्यवस्था छ । अहिलेसम्म यस्तो प्रमाणपत्र लिन कर कार्यालय धाउनुपथ्र्यो । अब भने उक्त झन्झट हटेको छ ।

Ad