October 11th, 2019

कर्जाको व्याजदर ३% बनाउन विद्युत् नियमन आयोगको अनुरोध

बैंकिङ खबर । हाइड्रोपावरको नियामक बिद्युत नियमन आयोगले निजी क्षेत्रबाट संचालित रुग्ण जलबिद्युत आयोजनाहरुको कर्जाको ब्याजदर घटाउन अनुरोध गरेको छ । आयोगले कर्जाको व्याजदर ३ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । अहिले रुग्ण जलबिद्युत आयोजनाको ब्याजदर १४।१५ प्रतिशत छ । ३ प्रतिशत ब्याजदर कार्यान्वयन भएमा बैंकले सेवा शुल्क जोड्दा ब्याजदर ५।६ प्रतिशत हुने अपेक्षा गरिएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]