Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वास्थ्य बिमामार्फत उपचार हुने १ सय २० रोगमा समेटिएनन् ठूला रोगहरु 

admin २०७३ असार ९ गते
सेयर:

health insuranceनेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले विभिन्न १२० रोगको उपचार खर्च समेट्ने भएको छ । योजनाले सामान्य झाडापखालादेखि मुटु रोग, मिर्गौलाको उपचार र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको समेत उपचार गर्ने सामाजिक स्वास्थ्य विकास समितिले जनाएको छ । गम्भीर खालका रोगको उपचारका लागि विशेष सुविधासमेत उपलब्ध गराइने समितिले बताएको छ । 

योजनाले नसमेट्ने रोगहरु
५ सय रुपैयाँभन्दा बढी मूल्य पर्ने चश्मा, समितिले तयार पारेको बेनिफिट प्याकेजमा उल्लेख गरिएका बाहेक बिमितको शरीरमा जडान गर्नुपर्ने यन्त्रहरू, दाँतको उपचार, कस्मेटिक सर्जरी, गर्भपतन, एलजाइमर, पार्किङसन, कृत्रिम गर्भाधान, अंग प्रत्यारोपण जस्ता रोगहरूलाई भने बिमा योजनाले समेटेको छैन । 
योजनाले विभिन्न रोगहरूको उपचार गर्ने भए पनि व्यक्तिगत लापरबाहीका कारण लाग्ने घाउ चोटको उपचारलाई भने समेट्ने छैन । जस्तै, मादक पदार्थ सेवन गरी दुर्घटना भएमा, झै झगडा गरी चोटपटक लागेमा वा घरेलु झगडाका कारण घाइते भएको अवस्थामा बिमितको स्वास्थ्य उपचारमा लाग्ने खर्च योजनाले बेहोर्दैन ।

स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि सरकारले तीन जिल्लालाई पहिलो चरणका लागि छनौट गरेको थियो । सोमध्ये कैलालीमा गत जेठदेखि कार्यक्रम सुरु भएको छ भने इलाम र बाग्लुङमा असार १५ गतेदेखि दर्ता प्रक्रिया सुरु गर्दैछ । स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । आगामी वर्षको बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई तीन वर्ष्भित्र नेपालभर पुर्याउने लक्ष्य लिएको छ भने बिमाका लागि २ अर्ब ५० करोड रुपैयाँसमेत विनियोजन गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।