बैंकिङ खबर । बाणिज्य बैंकका अध्यक्षहरुले पनि छाता संगठन खोलेका छन् । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको संयोजकत्वमा बैंकर्स अध्यक्ष संघ गठन भएको हो । बैंकिङ क्षेत्रमा अध्यक्षहरुले सक्रियता बढाएको आरोप आइरहँदा यस्तो संगठन गठन भएको हो । तथापी बैंकिङ क्षेत्रमा गरिएको लगानी र त्यसको सुरक्षाका लागि संगठनको आबश्यकता महसूस भएको बैंकका एक अध्यक्षले बताएका छन् । उनका अनुसार लगानीकर्ताको हकहितका लागि संघ गठन गरिएको हो, यो कुनै प्यारालाल संस्था होइन । यता बैंकर्स संघको बैठकमा भने बैंकरहरुले अध्यक्षहरुको संस्थालाई ‘मालिक संस्था’को संज्ञा दिँदै एक आपसमा नकारात्मक टिप्पणी गरेका छन् ।