Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकहजार र दुईहजारका भारु सटहि गर्न राज्यव्यवस्था समितिको निर्देशन

२०७६ आश्विन ६ गते

बैंकिङ खबर । भारतीय रुपैयाँ सटहीमा सहज गर्न संसदीय समितिले निर्देशन गरेको छ समितिले चाडपर्वमा भारतबाट आउने नेपालीहरुलार्य असहज हुने भन्दै उनीहरुलाई घर आउँदा ल्याउने भारतीय नोटको सटही समस्या समाधान गर्न सरकारलाई निर्देशन गरेको हो । भारतबाट काम गरेर फर्कने नेपालीले ल्याएको पाँच सय, एक हजार र दुई हजारको भारतीय रुपैयाँको नोट सटही सहज बनाउन राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो । सोमबार बसेको समितिको बैठकले चाडपर्वमा हुने अपराधिक घटनामा सजक हुन गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ । गृहसचिव प्रेमकुमार राईले भारतीय नोटका विषयमा राष्ट्र बैंक मौन रहेको भन्दै भारतीय पाँच सय, हजार र दुई हजारका नोट सटही गर्ने तर्फ अग्रसर हुन अनुरोध गरे । गृहमन्त्री रामबहादुर थापाले यसबारे अर्थमन्त्रालयसँग सहकार्य गरेर समस्याको समाधान गर्ने बताए । 

Ad