Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सम्बन्धित निकायले नटेरेपछि सेयर लगानीकर्ता प्रधानमन्त्रीको शरणमा

२०७६ भाद्र ३१ गते

बैंकिङ खबर । अर्थमन्त्रालय, सेवोन, नेप्से, सिडिएससी जस्ता निकाय आफ्नो जिम्मेवारीबाट पन्छिँदा सेयर लगानीकर्ताले अरबौँ घाटा व्यहोर्नुपरेको भन्दै सेयर लगानी कर्ताहरुले प्रधानमन्त्रीलाई गुहारेका छन् । मंगलबार लगानीकर्ताका चार वटै संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारको खस्किँदो अवस्था सुधार गर्न आग्रह गरेका छन् ।

नेपालमा दुई तिहाई बहुमत सहितको सत्तासिन सरकारका अर्थमन्त्रीबाट पूँजीबजारप्रति देखाएको उदासिनता र अभिव्यक्तिले समग्र पूँजी बजारमा करिव ४० प्रतिशतको संकुचन आई लगानीकर्ताको अरबौँको सम्पत्ति विक्री हुने वा लिलामीमा जान सक्ने अवस्था आएको लगानीकर्ताको ठम्याई छ । पूँजी बजारमा गर्नुपर्ने अल्पकालीन, मध्यकालिन, दिर्घकालिन सुधारका कार्यक्रम र ५८ बुँदामा समावेश भईसकेको स्मरण गाउँदै लगानीकर्ताले उक्त बुँदामा रहेको सुधारात्मक कार्यक्रमहरु कार्यान्वयन गर्नमा आनाकानी भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा बजारको वर्तमान विषयमा जानकारी गराउन चाहेकोले भेटघाटको लागि समय मिलाउन प्रधानमन्त्रीलाई अनुरोेध गरेका छन् ।