Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर बजार घट्दैन : हेर्नुस् ४ कारणहरु

admin २०७३ असार ८ गते
सेयर:

stockपछिल्लो समय अर्थतन्त्रको गतिको विपरीत दिशातर्फ बढिरहेको शेयर बजार सबैको चासोको विषय बनेको छ । बजार बढेको देखेर लगानीकर्ताको आकर्षण बढेको छ । बजार बढ्नेवित्तिकै लगानीकर्ताको आकर्षण बढेपछि लगानीकर्तालाई सजग गराउन गत साता धितोपत्र बोर्डले सूचना नै निकाल्यो । शेयर बजारको गति अझै रोकिने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । विभिन्न विश्लेषकहरुको विश्लेषणका अनुसार शेयर बजार अझै बढ्न सक्ने आधारहरु यसप्रार छन् :

लगानीको एक मात्र विकल्प : पुँजी बजार
लामो समयसम्मको अस्थिरताले लगानीको ठूलो पूँजी स्थिर बनेको छ । तर, लगानीका अन्यत्रका विकल्पहरू स्पष्ट नाफा दिने हैसियतमा सतहमा नआउन्जेल लगानीका लागि शेयरको विकल्प नहुँदा यतिबेला शेयर बजार लगानीको केन्द्र बनेको छ । अधिक तरलता भएको समयमा प्रायः जस्तोसुकै स्थिर पूँजीले पनि अवसरको मुनाफालाई विकल्पमा रोज्ने गरेको पाइन्छ । अर्थव्यवस्थामा जबसम्म अन्यत्रको क्षेत्रले मुनाफा उल्लेख्य सृजना गर्दैन र शेयर बजारको लगानी पलायन हुन खोज्दैन तबसम्म शेयर बजारको प्रवृत्तिमा शङ्का गर्नुपर्ने ठाउँ हुँदैन ।

अधिक तरलताको समय
बजारको ब्याज निर्धारण पनि तरलताको माग र पूर्तिको सन्तुलनमा भर पर्छ । अधिक तरलताको समय भनेको लगानीमा न्यून चाप पैदा भएको अवस्था हो । यो समयमा ब्याजको दरसमेत न्यून विन्दुमा आइपुग्छ । न्यूनविन्दुको निक्षेपणले लगानीकर्ता अधिक जोखीम लिन रुचाउने गर्छन्, जसका कारण बजारले ठूलो गति लिन सक्ने देखिन्छ ।

बजारलाई एकपछि अर्को टेको
बजार व्यवस्थाको सैद्धान्तिक तथ्यलाई विश्लेषण गर्ने हो भने दीर्घकालमा समेत बजारको प्रारूप बलियो हुन धेरै आधारहरूको बलियो टेवा चाहिन्छ । एउटा स्पष्ट आधारले बजारलाई बुलिश बनाउँदै लैजाँदा अर्को सोही प्रकारको सैद्धान्तिक आधारले बजारलाई फेरि सर्पोट दिनुपर्ने हुन्छ । अहिलेको परिस्थितिलाई केही हदसम्म त्यो अवस्थासँग तुलना गर्न सकिन्छ । पूँजी वृद्धिको व्यवस्थालाई त्यो प्रकारको आधार मान्ने हो भने त्यो सँगै बदलिँदो राजनीतिक सङ्गतलाई अर्को आधारका रूपमा प्रस्तुत गर्न सकिन्छ । बजारमा एकपछि अर्को आधारले निरन्तर टेवा दिने हैसियत देखिएमा बजारले दीर्घकालीन रूपमा बलियो बन्नसमेत सक्ने देखिन्छ ।

मौद्रिक नीतिको प्रभाव
विषेशतः मौद्रिक नीतिमार्फत अनिवार्य गरिएको पूँजी वृद्धिको कार्ययोजनामा सबै प्रकारका बैङ्क तथा वित्तीय संस्थाहरू समावेश भइसकेका छन् । चुक्तापूँजी वृद्धिको प्रभाव नेप्से वृद्धिका लागि सबैभन्दा परिष्कृत निर्णय थियो । न्यून समयभित्र ठूलोस्तरले पूँजी वृद्धिको अनिवार्य व्यवस्थालाई बैङ्क तथा वित्तीय संस्थाले विभिन्न प्रकारले तारतम्य मिलाउँदै गएका छन् । बोनस वा हकप्रद शेयरको आकांक्षाले पनि लगानीकर्ताको लगानी निरन्तर प्रवाह भएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको पूँजी संरचना विस्तारका लागि धेरै संस्था मर्जरमा गएका छन्, जसका कारण तिनीहरूको कारोबारसमेत स्थगित छ । अभौतिकीकरण र स्थगित कारोबारको अवस्थाले बजारमा शेयरको आपूर्ति पक्षलाई समेत कमजोर बनाएको छ । आपूर्ति पक्षमा देखिएको विचलनले मागपक्ष अधिक हाबी हुनु त्यसले मूल्य बढाउनु पनि वृद्धिको सान्दर्भिक तथ्य हुन सक्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।