बैंकिङ खबर । एनआरएन लघुवित्तले दुई वटा लघुवित्तलाई गाभेर आगामी मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । एनआरएनले क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्तलाई गाभेको हो । यससँग्र एनआरएन राष्ट्रिय स्तरको लघुवित्त बनेको छ । एनआरएन लघुवित्तको असार १४ गतेको विशेष साधारणसभाले यी दुई संस्थालाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।