बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति(एक्विजिशन) गरी एकीकृत कारोबार सुरु गरेको छ । धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकीकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरिन् ।
हाथवे प्राप्तिपछि ग्लोबल आईएमईको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप १ खर्ब २७ अर्ब र कूल कर्जा १ खर्ब १९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ ।