बैंकिङ खबर । अमेरिकी डलरको मुल्य बढेको छ । मंगलबार ११४ रुपैयाँ ५५ पैसा रहेको डलरको भाउ बुधबार ११६ रुपैयाँ १५ पैसा पुगेको हो। पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ कम्जोर भएको छ । डलर बृद्धिले विदेशमा काम गर्न गएका नेपालीहरुलाई केही फाइदा पुग्ने गर्दछ भने विदेशबाट खरीद गर्ने सामानमा मूल्य बृद्धि हुने छ ।