Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दशैँमा राष्ट्र बैंकले १३ अर्ब बराबरको नोट साट्ने, धेरै माग्नेलाई सुकिला नोट

२०७६ भाद्र १० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले दशैँका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले यसपाली नयाँ र सुकिला दुवै नोट सटही गर्नेछ । १८ हजार पाँच सय रुपैयाँसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट र सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकको योजना छ । हरेक वर्षजस्तै, फुलपातीको दुई साताअघिदेखि राष्ट्र बैंकले नोट सटही सुरु गर्नेछ ।

Ad