Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुक्तिनाथ विकास बैंकले किन्यो भिबोर क्यापिटल

२०७६ भाद्र ७ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको बहुमत सेयर किनेको छ । बैंकले ११ करोड ६६ लाख रुपैयाँमा भिबोरको चुक्ता पुँजीको ५८ प्रतिशत र जारी पुँजीको ५२.२२ प्रतिशत सेयर स्वामित्व किनेको हो । गत असार ३१ गते बैंकले भुक्तानी गरिसकेको छ ।

अब मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटलको रुपमा कम्पनी सञ्चालन गर्नेछ । नाम र लोगो परिपर्तन गर्ने विशेष प्रस्तावसहित आगामी भदौ २७ गतेका लागि भिबोरले साधारणसभा बोलाएको छ ।

Ad