Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

२०७६ भाद्र ४ गते

बैंकिङ खबर । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने कम स्थगत गरिएको जनाएको छ । संघीय संसद अन्तर्गतको अर्थ समितिले साउन ३० गते नेप्सेलाई दिएको निर्देशन अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम तत्कालको लागि बन्द गरिएको हो ।

नेप्सेलाई धितोपत्र बोर्डले साउन १७ गते वाणिज्य बैंकहरुलाई सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनका लागि निर्देशन दिएको थियो । नेप्सेले बोर्डको निर्देशन अनुसार काम सुरु गरिसकेको यिो । यद्यपि, अर्थसमितिले यस विषयमा अथ अनुसन्धान गर्ने र इन्साइडर हुने खतरा रहेको भन्दै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया व्यवस्थित ढंगले अघि बढाउनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा अर्थसमितिले उपसमिति गठन गरेको छ । उक्त उपसमितिले दुई महिनाभित्र प्रतिवेदन अर्थ समितिमा पठाउनेछ । त्यसपछि मात्रै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाले निरन्तरता पाउनेछ ।