Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

प्रदेशमा नंं. २ मा स्वदेशी लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

२०७६ भाद्र १ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं.२ का आफ्ना फिल्ड कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तालिम दिएको छ । कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिइएको दुई दिने तालिममा १६ वटा शाखाका ३२ जाना फिल्ड कर्मचारहरुको सहभागिता रहेको थियो ।

तालिममा केन्द्रीय कार्यालयका नायब कार्यकारी प्रमुख, विभागीय प्रमुखहरु तथा बर्दिवास क्षेत्रका प्रमुखबाट फिल्डका कर्मचारीले गुणस्तरीय कर्जा कसरी प्रवाह गर्ने, वित्तीय साक्षरता, जोखिममा रहेका कर्जा व्यवस्थापन, लेखा तथा कार्यालय व्यवस्थापन, विमाको बारेमा र गा्रमीण क्षेत्रका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी कसरी उद्यमशील बनाउन सकिन्छ र बचत गर्दा भविष्यमा आईपर्ने समस्यालाई कसरी समाधान गर्न सकिन्छ भने बिषयमा तालिम प्रदान गरिएको थियो ।

Ad