August 13th, 2019

तत्कालका लागि नारायणदासको जागिर सर्बोच्चले जोगाइदियो

बैंकिङ खबर । सर्बोच्चको आदेशपछि प्राइम कमर्शीयल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको जागिर जोगिएको छ । मंगलबार अन्तरिम आदेश दिँदै सर्बोच्चका प्रधान न्यायाधिस चोलेन्द्र शम्शेर राणाको इजलाशले उमेर हदमा राष्ट्र बैंकले लगाएको बन्देज तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएपछि उनी काममा फर्कन पाएका छन् । राष्ट्र बैंकले प्रमुख कार्यकारीको उमेर हद ६५ र कार्यरत भए ६९ बर्षको उमेर तथा सञ्चालकको हकमा ७० र कार्यरत भए ७४ बर्ष उमेर तोकेको थियो। यसको बिरोध गर्दै मानन्धर सर्बोच्च गएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]