Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

‘चाहेर पनि बिमा गर्न पाइएन’ भन्ने कृषकलाई यस्तो जवाफ दिए सरोकारवालाहरुले

admin २०७३ असार ५ गते
सेयर:

maizeकाभ्रे जिल्लाको बनेपाका किसानले बाली तथा पशुधनको सुरक्षाको लागि ग्रामीण क्षेत्रमा बिमाको पहुँच नपुग्दा आफूहरु बिमाको अवसरबाट वञ्चित भएको बताएका छन् । काभ्रेपलाञ्चोकको सुगम क्षेत्रमा केही बाली र पशुधनको बिमा विभिन्न सहकारी मार्फत भए पनि बिमा कम्पनीको पहुँच गाँउ/गाँउ र बस्तीमा नभएकाले बिमालाई ग्रामीणमुखी बनाउन किसानले आग्रह गरेका छन् ।

काभ्रेपलाञ्चोकको सिपाली चिलाउने गाविसका सुकमान तामाङले बिमाको परिभाषाकाबारे ग्रामीण क्षेत्रका बासिन्दा अनभिज्ञ भएको उल्लेख गर्दै बिमा कम्पनीको पहुँच गाउँमा नभए सरकारको पशुधनको बिमा गर्ने योजना असफल हुने बताए । जिल्लाको महादेवस्थान गाविसका किसान शिवप्रसाद हुमागाइँले किसानको घरमा बिमा पुर्याउनका लागि किसानकै घर/घरमा बिमाको सुविधा आवश्यक भएकोमा जोड दिँदै बिमा कम्पनीभन्दा पनि सहकारीमार्फत बिमा गर्दा किसानलाई सुविधा हुने धारणा राखे । 

महादेवस्थानकै किसान गङ्गा नेपालले बिमाका लागि किसानको खेत धाउनुपर्ने उल्लेख गर्दै थारा भएका पशु, पाडापाडी, पाठापाठीको पनि बिमा हुनुपर्नेमा जोड दिए । सयपत्री सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनले किसानलाई ग्रामीण क्षेत्रमा बिमा शिक्षासहित तालिमसमेत आवश्यक भएको बताए ।

सरोकारवालाको आश्वासन
बाली तथा पशु बिमा प्रर्वद्धन उपसमिति र बिमा समितिले संयुक्त रुपमा बनेपामा शुक्रबार आयोजना भएको बिमा सम्बन्धी अन्तक्र्रियामा बाली तथा पशु बिमा प्रर्वद्धन उपसमितिका सदस्य सुधुम्न उपाध्यायले किसानको प्रश्नको जवाफ दिँदै क्षमता भएर पनि बिमा कम्पनी गाउँसम्म पुग्न नसकेको स्वीकार गर्दै कृषि बिमा सुरु भएको तीन वर्षको अवधिमा आसातित सफलता प्राप्त नगरेको बताए । समितिका अर्का सदस्य विजयबहादुर शाहले बिमा विकासको सूचाङ्क भएको जानकारी दिँदै उद्यमी बन्नका लागि बिमा अनिवार्य भएको उल्लेख गरे । 

बिमा समितिका अध्यक्ष डा फत्तेबहादुर केसीले बिमाको माग र आपूर्तिबीच ठूलो खाडल रहेको बताउँदै बिमा ऐन संशोधन गरेर वा पुरानो बिमा ऐनलाई विस्थापित गरेर किसानको माग सम्बोधन गरिने बताए । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले बिमाको समस्यालाई किसानका बीचमा सरलीकृत गर्नेमा जोड दिँदै बिमाको झन्झटिलो प्रक्रियालाई हटाइने विश्वास दिलाए । 

एक तथ्याङ्कअनुसार नेपालमा बाली तथा पशुधनको बिमाका लागि ११ अर्ब रुपैँयाभन्दा बढी बिमाको दाबी रहेको छ भने १५ अर्ब रुपैँया पुनः बिमामा लगानी गरिएको छ । सो लगानीमध्ये ३ अर्ब ६ करोड रुपैँया विभिन्न बिमा, २ अर्ब ४४ करोड रुपैँया पशुधन, ४४ करोड १ लाख रुपैँयाभन्दा बढी कुखुरामा लगानी भएको छ । काभ्रेपलाञ्चोकमा सामुदायिक पशु बिमा कार्यक्रम अन्तर्गत विसं २०५५ देखि विसं २०६५ सम्म १९ गाविसमा ५ हजार ४५ किसानका ५ हजार ९ सय ८६ पशु बिमित भएका छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।