पर्शुराम कुवँर, बैंकर । संघीय संरचना अनुरुप नेपालको अर्थतन्त्रले धान्न सक्ने बैक तथा वित्तीय सस्थांको संख्या चाहिने भन्दा बढी देखिन्छ । नेपाल राष्ट्र बैकले आर्थिक बर्ष २०७४/०७५ को मौद्रिक नीति मार्फत प्रत्येक स्थानीय तहमा एक बैकको शाखा अनिवार्य खोल्ने निर्देशन दिएता पनि पुर्ण रुपमा कार्यन्यवन भइसकेको छैन । केही स्थानियतहहरुमा वाणिज्य बैंकको शाखा पुग्न नै बाकीं रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउछ । तथापी कुन स्थानीय तहमा कति संख्यामा बैंकको शाखा आवश्यकता हो भन्ने कुराको गहिरो अध्ययन भने भएको पाइदैन ।
सरकार तथा राष्ट्र बैंकले हाल नेपालको अर्थतन्त्रमा आवश्कता भन्दा धेरै बैंकको संख्या भएको ठहर गरि बिग मर्जर नीति लिएको छ । सरकार तथा राष्ट्र बैंकले नेपालका बैंक वित्तीय सस्थाको संख्या कतिले घटाएर कति पुर्याउन खोजेको हो प्रष्ट भने छैन् । नेपालमा २८ वटा वाणिज्य बैंक छन् भने ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । यी ३९ बैंकहरु वाणिज्य बैंक नै हुन् भन्दा हुन्छ । यिनीहरुमा केही फरक नै छैन । काम उहि हुन्छ । यत्ति फरक छ, विकास बैंकहरुले एलसी खोल्दैनन् भने वाणिज्य बैंकहरुले एलसी खोल्छ । केही वाणिज्य बैंकले धेरै एलसी खोलेका हुन्छन् भने कुनैले थोरै । यो देखी बाहेक सबै विकास बैंक र विकास बैंक समान छन् ।
२ करोड ९० लाख जनता छन् हाम्रो देशमा । यी जनताहरुलाई ३९ वटा बैंकहरु भाग गर्दा, साढे सात लाख भन्दा बढि जनताका लागि एउटा बैंक हुन आउछ । विश्वका कतिपय देशसंग हाम्रो देशमा भएका बैंकहरु तुलना गर्दा यो संख्या धेरै हुन्छ । जस्तै : भारतमा एउटा बैंकले १ करोड ५५ लाख भन्दा बढिलाई सेवा दिन्छ । हामी भन्दा १० गुना ठुलो अर्थव्यवस्था भएको बंगलादेश ३० लाख, पाकिस्तानमा ४४ लाख, इन्डोनेसियामा २५ लाख जनताको लागी १ वटा बैंकले सेवा सुविधा दिएको छ । अमेरिका, चीन लगाएतका देशलाई हेर्दा पनि नेपालमा बैंकको संख्या धेरै छ ।
त्यस्तै, शाखामा पनि हाम्रो लघुवित्त समेत गरेर हामीसँग ८ हजार भन्दा बढि शाखा छन् । साढे ३ हजार जनताको लागि १ वटा शाखा भागमा पर्छ । तर १ वटा बैंकले साढे सात लाख जनतालाई पनि पुर्णरुपमा सेवा दिन सकेको छैन । सानो सानो बजारमा पनि बैंकहरुको शाखा ८ देखी १२ वटा सम्म हुन्छ । कुनै ठाँउमा १ वटा विल्डिङ्गमा नै ३/४ वटा बैंक वित्तीय संस्थाहरुको शाखा हुन्छन् । कुनै शाखामा त दिनमा २/३ कारोबार पनि भएको हुदैन ।
सरकार, राष्ट्र बैंक लगायत अन्य सरोकारवालाहरुले बैंकको संख्या धेरै भयो एत्तिकै भन्या होइनन् । यो धेरै नै भएको हो । त्यसैकारण पनि बैंक धेरै नै भएका छन् । त्यसैकारण अहिले वित्तीय सुदृढिकरण मुलुकको आवश्यकता हो । हामी सबैंले यसमा सहयोग गर्नु पर्छ । जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत कुवँरसंग गरिएका कुराकानीमा आधारित



