Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

२०७६ श्रावण १७ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक सदस्यक परिवारका सदस्यलाई बीमा रमक प्रदान गरेको छ । संस्थाले निधन भएपछि निज सदस्यको हकवालाले पाउने बीमा रकम हस्तातरण गरेको हो ।

जसमा धरान -६ स्थित छोटिलाइन महिला स्वावलम्बी समुहकी सदस्य लक्ष्मी याखाको निधन भएपछि उनको श्रीमान निर बहादुर याखालाई १ लाख ६२ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण संस्था गरेको छ । उक्त चेक सोहि वडाका वडा अध्यक्ष भुवन सिं बस्नेतले मृतकका श्रीमानलाई हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष बस्नेतले निर्धन संस्थाले महिलाहरुलाई समुहमा आवद्ध गरी खाली कर्जा मात्र लगानी नगरी आय आर्जनको लागि समय समयमा विभिन्न तालिम प्रदान गरी कर्जालाई सहि ठाउमा लगाई आम्दानी बढाउन सहयोग गरेको बताए । साथै सस्थाले सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको आधारमा आफ्ना सदस्यहरुको साथै सदस्यका श्रीमानको पनि थोरै रकममा जिवन बीमा गर्दा सदस्य वा श्रीमानको मृत्यु भएमा परिवारलाई ऋणको बोझ नपर्ने साथै जोखीम बहन हून सहयोग मिल्ने र पिडित पक्षलाई केहि राहत हुने भएकोले यस्तो कार्यको प्रशंसा गर्दै संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याका शाखा प्रमुख टिकाराम गिरीले समुहका सदस्यले कर्जा लिए बापत संस्थाको नियम अनूसार सदस्यको कालगतीमा मृत्यु भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको जानकारी दिए ।

Ad