बैंकिङ खबर । आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम अनुरुप नेपाल धितोपत्र बोर्डले सुचना प्रविधि नीति कार्यान्वयनमा ल्याएको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै धितोपत्र तथा बस्तु विनियमय बजारसँग सम्बन्धी सूचना प्रविधि पुर्वाधारको विस्तार गर्न प्रविधि नीति ल्याएको जनाएको छ । सूचना प्रविधिको उपयोगमार्फत धितोपत्र तथा बस्तु विनियम बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल र विश्वसनीय बनाउने बोर्डको योजना छ ।
प्रविधिको प्रयोग मार्फत गुनासो समाधानका कार्यहरु हुने छन् । बोर्डले बजार कारोबार, राफसाफ तथा फर्छ्योट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउसँग सम्बन्धित अभिलेखको सुरक्षित प्रयोगका लागि अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको नीति ल्याएको छ । सफ्टवेयर निर्माणका लागि निश्चित मापदण्ड सहितको एक तहको मानक निर्धारण गरिने बोर्डले जनाएको छ । बजार प्रणाली र केन्द्रिय निक्षेप प्रणालीको सिस्टम अडिट गर्ने बोर्डको रणनीतिमा उल्लेख छ ।
यस्तो छ नीति:


