बैंकिङ खबर । सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने नीति अनुसार ७३२ स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् । कुल ७५३ स्थानीय तहमध्ये अब २१ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०७५ असार मसान्तसम्ममा ६३१ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेका थिए । एक वर्षमा थप १०१ स्थानीस्य तहमा वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरेका हुन् । हाल २८ वटा वाणिज्य बैंकहरुको कुल शाखा संख्या ३५३९ पुगेको छ । यो अझै बढ्ने क्रममा रहेको छ ।