Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ट्रेड फाईनान्स कारोबारमा फड्को मार्दै नेपाल बैक

२०७६ श्रावण १२ गते

बैंकिङ खबर । नेपालकै अगुवा बैंक नेपाल बैंक लिमिटेड आफना सेवाहरुलाई समयानुकुल परिस्कृत गराउंदै आधुनिकीकरणको यात्रामा द्रुत गतिमा अगाडि बढिरहेको छ । बढ्दो प्रतिष्पर्धी बजारमा खरो उत्रन गैह्रकोष आधारित व्यवसाय विस्तारको आवश्यकता रहेको तथ्यलाई आत्मसात गरि बैंकले गैह्रकोष आधारित ट्रेड फाईनान्स सम्बन्धि कारोबारलाई उच्च प्राथमिकता दिई अघि बढाएको छ । जसको फलस्वरुप बैंक यस व्यवसायमा अब्बल बन्दै गइरहेको छ ।

बि.सं. २०७३ सालमा सेन्ट्रल ट्रेड फाईनान्स डिभिजन गठन गरि प्रतितपत्र, बैंक जमानत तथा ट्रेड फाईनान्स सम्बन्धि अन्य सेवाहरु एकिकृत रुपमा प्रदान गर्न सुरु गरिएकोमा त्यस यता बैकले सेवाशुल्क कटौती, धितो सम्वन्धी व्यवस्था समयानुकुल परिमार्जन, ग्राहक संचेतना कार्यक्रमका साथसाथ आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय छिटो छरितो ग्राहक सेवा अगाडि बढाईरहेको छ । बैंकको प्रधान कार्यालय सेन्ट्रल ट्रेड फाईनान्स डिभिजनका प्रमुख अर्जुन बहादुर कंडेलका अनुसार ग्राहक सन्तुष्ठीका निम्ति ग्राहकको पृष्ठपोषण नियमित रुपमा लिई उनीहरुका गुनासा समस्या तत्काल समाधानको अभ्यास गरिनुका साथै बैंकले जारी गरेका बैंक जमानतको आधिकारिकता बैंकको वेवसाईटमा जाँच्न सकिने, जुनसुकै शाखाबाट पनि प्रतितपत्र, बैंक जमानत तथा ट्रेड फाईनान्स सम्बन्धि अन्य सेवाहरु प्राप्त गर्न सकिने, वेनिफिसियरीले जुनसुकै शाखाबाट जमानत दावी गर्न सक्ने पद्धति ( एनिब्रान्चक्लेम सिस्टम) नेपाल बैंकले लागु गरेको छ । फलस्वरुप यस कारोबारमा गत वर्षको तुलनामा ३० प्रतिशतले बढोत्तरी भएको र बैंकको खुद नाफामा यसको योगदान १५ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

बैंकमा दक्ष नयाँ जनशक्तिको प्रवेशसँगै कर्मचारीको कार्यसंस्कृतिमा व्यापक सुधार आई बैंकको समग्र कारोबार अनि मुनाफामा गैह्रकोष आधारित व्यवसायको योगदान अरु बढाउन सफल हुने विश्वास लिइएको छ ।

Ad