July 23rd, 2019

मर्जरका लागि छलफल अघि बढाउँदै आशा लघुवित्त, तीन सदस्यीय कमिटी गठन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय क्षेत्रलाई सबल र सुदृढ बनाउनका निमित्त चालेको मर्जर तथा एक्विजिसन सम्बन्धी नीति बमोजिम आशा लघुवित्त वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागी बाटो खुल्ला गरेको छ । हालै बसेको संचालक समितिको बैठकबाट संस्थाले तीन सदस्यीय मर्जर कमिटी गठन गरेको छ । कमिटिको संयोजकमा संचालक प्रदिप कुमार खड्का छन् भने सदस्यमा संचालक सुसन शेरचन रसदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाल रहेका छन् । मर्जर कमिटी गठनसँगै प्रमुख कार्यकारी अधिकृत दुलालले अब अन्य लघुवित्त वित्तीय संस्थासँग तिब्र गतीमा मर्जर तथा एक्विजिसनको लागि छलफल अगाडी बढ्ने बताए ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त हो । हालसम्म आशाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको एक अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ४९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।