July 23rd, 2019

मेरो माईक्रोफाईनान्सको सहयोगले २० जनालाई रोजगारी दिदै एकल महिला

बैंकिङ खबर । वि.स. २०२७ साल असोज ६ गते तुप्चे गा.वि.स. तुप्चेमा पिता सेर बहादुर बखती माता मिठु बखतिको कोखबाट जन्म लिएकी जमुना आचार्य । नुवाकोट विदुर ८ माझिगाउँको मध्यम वर्गीय परिवारमा हुर्किएकी उनलाई आफ्नो तथा परिवारको सामान्य आवश्यकता टार्न पनि गाह्रो थियो । सोहि क्षेत्रको गणेश आचर्यसंग विवहा गरि छोराको आमा भइन । उनले आफ्नो परिवारको सहयोगमा वि.स. २०६८ साल फर्निचरको व्यवसाय शुरु गरिन । शुरुवाती दिनहरुमा फर्निचरको व्यवसाय संचालन गर्न लगानी रकमको अभावमा उनीले धेरै अप्ठ्यारा स्थितिहरुको सामना गर्नु परेको थियो ।

व्यवसायलाई निरन्तरता दिन कर्जाको लागी कुनै पनि वित्तीय संस्था र व्यक्तिहरुले विस्वास नगरेको तितो अनुभव उनीसंग छ । करिब ६ बर्ष अगाडि २०७० साल काक्तिक ४ गते उनको घरगाँउमा नै आएर मेरोमाईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले आफ्नो समुहमा सहभागी गराए । समुहमा आवद्ध भए पश्चात उनलाई संस्थाले उनलाई सामुहिक जमानीमा १ लाख रुपैयाँ कर्जा उपलब्ध गरायो । संस्थाबाट उद्यमी कर्जा लिएर उनले औजार तथा कचा सामानहरु खरिद गरि फर्निचरको व्यवसायलाई मजबुत बनाईन् ।

त्यसै गरि कर्जाको सहि सदुपयोगिता गरि आफ्नो व्यवशायलाई विस्तार गदै लैजाने क्रममा दाश्रो पटक पनि उनीले एक लाख पिच्चीस हजार रुपैया कर्जा लिई र आफु संग भएको केहि रकमले व्यवसायको आकारमा वृद्धि गरिन । आफुसंगै अरु बेरोजगारलाई पनि रोजगार दिने सानै देखीको सपना उनको २ स्थानमा आफ्नो व्यवसाय विस्तार गरि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० जनालाई रोजगार दिएर पुरा गरिन ।

उनको फर्निचरको व्यवसायलाई श्रिमानको मृत्यु पश्चात छोरारोशन आचर्यले उनीलाई व्यवसाय संचालनमा पुर्ण सहयोग गरिरहेको छ । ‘गरिब भएर जन्मनु पाप होईन, गरिब भएरै मर्नु भने पाप हो’ भन्ने धारणा उनको रहेको छ आफ्नो धारण र लक्ष्य अनुसार उनीहरुले सफलता हात पारिरहेका छन् । फर्निचर व्यवशायलाई आमा छोराले अहिलेको आधुनिक फर्निचर उत्पादनको रुपमा बिस्तार गदै लगेको छन् ।

हाल उनीहरु सफल व्यवसायीको रुपमा आफ्नो चिनारी बनाउदै छन् । नयाँ व्यवसायमा उनीहरुले कुखुरा पालन, ब्लक उत्पादन, फर्निचर सोरुम, कपास तथा सिरक डस्ना बनाउने मेसिन समेत संचालन गरिरहेका छन् ।

मेरोमाईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाबाट सुलभ कर्जा पाएर व्यवसाय विस्तार गदै उत्साहित भएकी उनले यसैं संस्था बाट हाल ६ लाख रुपैयाँ कर्जा लिदाँ ब्याज समेत छुट पाएकी छिन् । साथै फर्निचरका सामान बनाउदा प्रयोग हुने हाते मेसिन उपहार स्वरुप संस्थाबाट पाउदाँ उनको खुसीले सीमा नाघेको छ ।

श्रीमान्को मृत्यु एक्लै व्यवसाय संचालन गर्दा र अहिले सफल उद्यामी तथा व्यवसायी हुँदा समाजले उनलाई हेर्ने दृष्टिङकोण फरक भएको जमुनाको भनाई छ । उनी भन्छिन् ‘‘अरुले हेर्ने द्धष्टिकोण, रहन–सहन, घर–आगन र समग्र आर्थिक अवस्था फेरिएकोले समाजको हेर्ने नजरमा पनि फेर्रिको छ ।’’ आफ्नो समग्र आर्थिक अवस्थालाई उकास्न ईमान्दारिता र मिहेनतिहरुलाई सदैव साथ दिने मेरोमाइक्रोफाईनान्सलाई उनले धन्यवाद दिएकी छिन् । संस्थाले आफुलाई उद्यमी बनाउन पुर्याएको योगदानबाट आफ्नो मनोबल उच्च रहेको आगामि दिनमा एउटा सफल उद्यमि बन्नेमा उनी ढुक्क छिन् ।

प्रस्तुती : सुसन श्रेष्ठ, शाखा प्रबन्धक, बट्टार,नुवाकोट