बैंकिङ खबर । १३ वटा जीवन बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । सर्वाधिक बोनसदर घोषणा गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । गुराँसले न्युनतम प्रतिहजार ५१ रुपैयाँ र अधिकतम ८७ रुपैयाँको बोनस दर घोषणा गरेको छ । नेशनल लाइफ र नेपाल लाइफ प्रतिष्पर्धामा छन् । सानिमा लाइफको सबैभन्दा कम छ ।
हेरौँ १३ वटै कम्पनीको बोनस दर (प्रतिहजार रुपैयाँमा)
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी : न्युनतम ५१, अधिकतम ८७
नेशनल लाइफ इन्स्योरेन्स : न्युनतम ६३, अधिकतम ८२
नेपाल लाइफ इन्स्योरेन्स : न्युनतम ६२, अधिकतम ८२
एलआईसी नेपाल : न्युनतम ६६, अधिकतम ८०
मेट लाइफ : न्युनतम ५०, अधिकतम ८०
सूर्या लाइफ इन्स्योरेन्स : न्युनतम ३८, अधिकतम ७३
ज्योति लाइफ इन्स्योरेन्स : न्युनतम ४०, अधिकतम ७०
रिलायन्स लाइफ इन्स्योरेन्स : न्युनतम ३५, अधिकतम ७०
सिटिजन्स लाइफ इन्स्योरेन्स : न्युनतम ३५, अधिकतम ७०
प्रभु लाइफ इन्स्योरेन्स : न्युनतम ३०, अधिकतम ७०
आईएमई लाईफ इन्स्योरेन्स : न्युनतम २५, अधिकतम ७०
सन नेपाल लाइफ इन्स्योरेन्स : न्युनतम २०, अधिकतम ७०
सानिमा लाइफ इन्स्योरेन्स : न्युनतम ३५, अधिकतम ६५